भारतमा कोरोना: ३३ सयभन्दा बढी सङ्क्रमित, ७७ जनाको ज्यान गयो

 चैत २३, २०७६ आइतबार १२:२४:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार तीन सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ जनाको ज्यान गएको छ ।

कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म दुई सय ६६ जना निको भएको अधिकारीहरुले बताएका छन् । भारतमा आइतबार तीन जनाको ज्यान गएको छ । कोरोना कारण विश्वभर १२ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै दुई लाख ४६ हजार ६ सयभन्दा बढी निको भएका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया