नक्कली चिकित्सक बनेर झापा पुगेका दुई युवा प्रहरी नियन्त्रणमा

 चैत २३, २०७६ आइतबार १४:५५:५० | रासस
unn.prixa.net

झापा - इलाका प्रहरी कार्यालय काँकडभिट्टाले चिकित्सकको परिचय पत्र बोकेर काठमाण्डौबाट झापा आएका दुई युवालाई आइतबार बिहान नियन्त्रणमा लिएको छ । 

प्रहरीले नियन्त्रणमा लिएकामा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा  धरान हुँदै आइतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाण्डौदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने खुलेको थियो ।

दुवै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वरेण्टीनमा पठाउने भएको छ भने उनीहरुले प्रयोग गरेको कार प्रहरी कार्यालयमै राखिएको छ ।  

प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुवै लागू औषधको खोजीमाआइपुगेको आशङ्का गरिएको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • Om Pradhan

    April 6, 2020, 7:24 a.m.

    Thanks to the Police Force;such crimes should be strictly discouraged.

  •  0 Reply

तपाईको प्रतिक्रिया