देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
मनका कुरा बोलिरहेका हरिया चुरा
जब आपसमा ठोकिन्छन्
आवाज गुञ्जिन्छ कानमा
टक्क पाइला रोकिन्छन्
मेहन्दीमा महंगा शब्द जेले पनि
सुहाउँदो सारीले शरीर छेले पनि
के म फूलको सुगन्ध जोख्दिन र ?
अल्झिएको सारी समेल्दा के म जिब्रो टोक्दिन र ?
हामी हिँड्ने गोरेटो यौटै नभैदिएको भए
सोच्छु... मेरो दिन कसरी टर्थ्याे होला !
तिमी यति सुन्दर नभैदिएकी भए...
तिमीलाई सुन्दर बनाउन यी चुरा र मेहन्दीलाई कति सकस पर्थ्यो होला !
मेहन्दीमा रङ्गीएको तिम्रो रङ्गीन सपना
सारीमा छरिएको तिम्रो वसन्ती बिपना
श्रावण ढल्दा शिशिर झैँ नजलिदिए हुन्थ्यो
विश्वस्त छु म आउने छैन शिशिर
नत्र...ए श्रावण !
तिमी झुक्याएर नढलिदिए हुन्थ्यो ।।