सिप्रदीको आपतकालीन सेवा

 चैत २३, २०७६ आइतबार १९:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा दिइरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न देशभरि लकडाउनको अवस्थामा अत्यावश्यक क्षेत्रका टाटाका गाडीलाई आवश्यक सेवा गर्न सिप्रदी निरन्तर लागेको हो ।

दैनिक आवश्यकताहरु पूरा गर्न सधै यात्रा गरिरहेका सबै गाडी र चालकहरुलाई सहयोग होस् भनेर गाडीसम्बन्धी आवश्यक परामर्श वा सेवा दिइरहेको कम्पनीले जनाएको छ । यस्तै सिप्रदीले आफ्ना ग्राहकलाई सुरक्षित रहन र सावधान रहन पनि आग्रह गरेको छ ।

कम्पनीका अनुसार यो आपतकालीन परिस्थितिमा सिप्रदीका ग्राहकले आपतकालीन सेवाहरू पाउँनेछन् ।

गाडीसम्बन्धी कुनै पनि सहयोग चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा फोन गर्न सकिन्छ साथै विभिन्न ठाउँमा सिप्रदीका २५ वटा सर्भिस सेन्टरहरुबाट अपत्कालिन सेवा लिन सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

थप जानकारीका लागि यो लिंकमा थिच्नुहोला ।

https://www.sipradi.com.np/news/contact-details-service

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया