सेनाले अघि बढायो कोरोना भाइरस विरुद्धको स्वास्थ्य सामग्री खरिद प्रक्रिया

 चैत २३, २०७६ आइतबार १९:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली सेनाले सरकारले आग्रह गरे अनुसार कोरोना भाइरस विरुद्धको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउने दावि पनि गरेको छ । प्रेस विज्ञप्ति निकाल्दै सेनाले विश्व स्वास्थ्य संगठन डब्लूएचओको मान्यता अनुसार स्वास्थ्य सामग्री खरिद गर्ने जनाएको छ ।

विज्ञप्तिमा विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने उल्लेख गरिएको छ । यस्तै, सेनाले सबैको सहयोगले कोरोना विरुद्ध लड्न सकिने पनि जनाएको छ ।

केही दिनअघि चीनबाट ल्याइएको स्वास्थ्य सामग्री गुणस्तरहीन पाइएपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने भनेको छ । तर सरकारको यो निर्णयको आलोचना र टिप्पणी भइहेको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया