लकडाउन अवज्ञा गर्ने ५ सय ४९ गाडी ट्राफिक प्रहरीको कारबाहीमा

 चैत २३, २०७६ आइतबार २०:३४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनको अवज्ञा गर्ने ५ सय ४९ गाडीलाई आइतबार काठमाण्डौ उपत्यकाका विभिन्न ठाँउबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।       

सरकारले लागू गरेको लकडाउन अवज्ञा गर्ने ५ सय ३ ओटा २ पाङ्ग्रे र ४६ ओटा चार पाङ्ग्रे गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुमति नलिइ आफूखुशी चलाएका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नियन्त्रणमा लिएका गाडीलाई राति समय मिलाएर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । गाडी नियन्त्रणमा लिएपछि त्यसमा रहेका व्यक्तिलाई भने ट्राफिक प्रहरीले जनपद प्रहरीको जिम्मा लगाउँदै आएको छ ।

लकडाउनको अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कूटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अन्य गाडीचलाउन भने निषेध गरिएको छ । 

अत्यावश्यक काम परेर घर बाहिर निस्किनु परेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक कन्ट्रोल रुमको १०३ मा फोन गरेर जानकारी गराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया