'लकडाउन'मा पनि घुम्न आएपछि स्थानीयले बाटो नै बन्द गरे

 चैत २४, २०७६ सोमबार १२:४०:२३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि देशभर लकडाउन घोषणा गरिएको छ । गएको आइतबारबाट एक पालिकाबाट अर्को पालिकामा जान समेत प्रतिबन्ध लगाइएको छ । तर स्याङ्जाको वालिङ नगरपालिका १० मा पर्ने पर्यटकीय क्षेत्र घ्वाङ खोलामा भने आन्तरिक पर्यटक आउन क्रम नरोकिएपछि स्थानीयले बाटो नै बन्द गरेका छन् ।

कोभिड १९ को रोकथामका लागि पालिकामा समेत कडाइ गरिएको छ तर कतिपय मानिसहरु एकान्त र शान्त वातावरणमा बस्ने भन्दै घ्वाङ खोला क्षेत्रमा जाने गरेपछि स्थानीय त्रसित बनेका हुन् ।

लकडाउनअघि दिनहुँजसो चहलपहल भइरहने त्यो क्षेत्रमा जाने बाटो बर्तुङका स्थानीयवासीले बन्द गरिदिएका हुन् ।

‘प्रशासनको आँखा छलेर बजारका मानिस नियमित आउन थाले, त्यसैले हामी बाटो नै बन्द गर्न बाध्य भयौँ’, स्थानीय निशान्त सुवेदीले भन्नुभयो । पालिका र प्रशासनले समेत यसरी अनावश्यक रुपमा बाहिर घुम्न हिँड्ने मानिसलाई कारबाही गर्नुपर्ने उहाँको माग छ । 

'स्थानीय पर्यटकीय क्षेत्रको विकास एवम् प्रवर्द्धन गर्नु आफूहरुको दायित्व भए पनि यो अवस्थामा मानिस आइरहँदा हामी झनै आत्तियौं', सुवेदीले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया