नयाँ गभर्नर : प्रधानमन्त्रीको चाहना शिवाकोटी, अर्थमन्त्रीको जोडमा अधिकारी

 चैत २४, २०७६ सोमबार १३:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकको गभर्नरको लागि तीन जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाई सिफारिस गरेको हो ।

समितिमा अर्थमन्त्री युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरी बाँस्कोटा रहेका छन् । आजै बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नरको नाम टुंगो लगाउनेछ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्तामणि शिवाकोटीलाई गभर्नर बनाउने सोच बनाउनुभएको छ । 

यो विषयमा प्रधानमन्त्रीले पार्टीका केही नेतालाई समेत जानकारी दिनुभएको स्रोतले बतायो ।  तर अर्थमन्त्री युवराज खतिवडाले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउन जोड गर्नुभएको छ । 

गएको चैत पाँच गते डा.चिरञ्जिवी नेपालले अवकाश पाएपछि राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया