नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
नवलपरासी – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउनु भएको छ ।
पूर्ववर्ति सरकारले गरेका विभिन्न निर्णयहरु उल्टाउदै सरकार स्वेच्छाचारी ढंगले मनपरी रुपमा चलेको सभापति देउवाले आरोप लगाउनु भएको हो । नवलपरासीको गैडाकोटमा नेपाल डेमोक्य्राट लयर्स एशोसिएशनको १० औं राष्ट्रिय महाधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
सभापति देउवाले पुराना निर्णयहरु उल्टाउदै ,सरकारले विभिन्न निकायहरुमा हमला गरी आफ्नो अधिनायकवाद लाद्न खोजेको समेत आरोप लगाउनु भएको छ । सरकारको यस्तै कार्यका कारण आन्दोलनमा जानु परेको बताउँदै देउवाले सरकार अझै स्वेच्छाचारी ढंगले अघि बढे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले कम्युनिष्ट दुई पार्टी एक भएर चुनावमा गएको तर कांगे्रस एक पार्टी दुई भएर चुनावमा जाँदा पराजय भोग्नु परेको बताउनु भएको छ । उहाँले पार्टीमा गुट उपगुट हाबी भएकाले यस्तो परीणम आएको बताउनु भएको छ । गुट उपगुटको कारण पार्टी गम्भीर मोडमा पुगेको समेत उहाँले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग लड्न पहिला कांग्रेस आफू सुदृढ बन्नुपर्नेमा जोड दिनु भएको छ । ‘आफ्नो घर बलियो नभए छिमेकीसँग लड्न सकिँदैन’, पौडेलले भन्नुभयो, ‘यसका लागि कांगे्रस सुदृढ हुन आवश्यक छ ।’ उहाँले पार्टीलाई निश्पक्ष र स्वच्छ मुल्याङ्कनका आधारमा एकीकरण गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभएको छ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।