काेराेनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री सहित सबै सांसदकाे तलब ३० प्रतिशतले कटाैती गर्ने निर्णय

 चैत २५, २०७६ मंगलबार ८:१२:१३ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वैच्छिक गरेकाे खबरमा उल्लेख छ । यो रकम केन्द्र सरकारले कोभिडविरुद्धको अभियानमा खर्च गर्नेछ । यो अभियानमा केन्द्र सरकारले सांसदको तलब पनि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

त्यसैगरी आउँदो दुई वर्षका लागि संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकम पनि कटौती भएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन् ।

'याे कटाैती २०२० अप्रिल १ तारिखदेखि लागु हुनेछ र वर्ष २०२०-२०२१ सम्म रहनेछ । साथै उनीहरुले प्राप्त गर्ने भत्ता पनि कटाैती गरिनेछ', उनले भने । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया