कक्षा ११ र १२ काे परीक्षा राेक्ने कि नराेक्ने भन्ने बारेमा आज निर्णय हुँदै

 चैत २५, २०७६ मंगलबार ८:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मङ्गलबार निर्णय हुने भएको छ । मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय हुन लागेको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने निर्णय गरेकोमा केही हेरफेर हुनसक्ने छ ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुलिकन परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गनुभएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • sudip kandel

    April 7, 2020, 9:37 a.m.

    परिक्षा भन्दा ठूलो स्वास्थ हो। त्यसैले निर्णय लिदा विद्यार्थीको भविष्य साथै स्वास्थको नि ख्याल गरियोस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया