यूएईका नागरिकसरह नेपाली श्रमिकले उपचार पाउने

 चैत २५, २०७६ मंगलबार ८:५६:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा कार्यरत नेपाली श्रमिकको  सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो । युवराज शेखले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ । 

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमान्दार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

 

अहिलेसम्म यूएईमा ११ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । दुई जना उपचारपछि निको भएका छन् । 

यसअघि प्रधानमन्त्री ओलीले बहराइनका सरकार प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको थियो। 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया