मकैको विरुवामा फौजी किराको प्रकोप : कटारीका किसान चिन्तामा

 चैत २५, २०७६ मंगलबार १३:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर - उदयपुरको कटारी नगरपालिका १० मा मकैको बिरुवामा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । 

अघिल्लो वर्षदेखि देखा परेको नयाँ प्रकारको प्रकोप यो वर्ष पनि  देखिँदा चिन्ता बढेको कृषक ध्रुव बिष्टले बताउनुभयो । यस क्षेत्रका अधिकांश मकैको बिरुवा फौजी किराले टुक्रा टुक्रा बनाएको स्थानीय धर्मप्रसाद खनालले बताउनुभयो । 

उहाँका अनुसार सयौँ हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराले नराम्ररी प्रभाव परेको छ । गोडमेल गर्ने  बेला भएको मकैको बिरुवा फौजी किराले सखाप पार्दा भोकमरी हुने  कृषकको चिन्ता छ । 
लकडाउनको समयमा विषादीसमेत नपाएकाले फौजी किराले बिरुवा नष्ट पारिसकेको अर्का कृषक सम्शेर बिष्टले बताउनुभयो । वध्यक्ष लिलानाथ भटराईले  नगरपालिकामा जानकारी गराइसकेकाले प्राबिधिकको टोलीले अनुगमन गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया