न कोरोनाको त्रास, न लकडाउनको प्रभाव : बझाङमा चैतली मेला सम्पन्न

 चैत २५, २०७६ मंगलबार १६:३०:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – कोरोनाको जोखिमका कारण पुरै देश लकडाउन गरिए पनि सुदूरपश्चिम प्रदेशको बझाङमा भने भव्य रुपमा मेला  सम्पन्न भएको छ ।

छबिस पाथिभेरा गाँउपालिका वडा न. ३ को बान्नीचौरमा हजारौं मानिसको सहभागिता रहेको चैतली मेला सम्पन्न भएको हो । प्रत्येक वर्षको चैत शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यो वर्ष चैत २४ गते परेको थियो ।

सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनाआवश्यक भिडभाड गर्नमा रोक लगाएको भए पनि बान्नी मेला सम्पन्न भएको छ । 

स्थानीय सरकारले मेला नमनाउने र लकडाउनको पूर्ण पालना गर्ने भन्ने निर्णय गरेको भए पनि निर्णयको बेवास्ता गर्दै हजाराै‌को सहभागितामा मेला सम्पन्न गरेको छबिस पाथिभेरा गाउँपालिकाले जनाएको छ । 

यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेर मेला भरेको गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले बताउनु भयो । आफूहरुले गाँउपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भए पनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उहाँको भनाइ छ । 

हजारौं श्रदालु दर्शनार्थीले भरे बान्नीकी चैतली 

सुदूरपश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुुर्मा देवी प्रकट भै महिषासुरको वध गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । 

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै ४०/५० मिटर लामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिँडाउने गरिन्छ ।  

यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाइन्छ । यस्तै मेलामा राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाबीच भकुण्डो खेल्ने प्रचलन रहेको छ । 

यसरी मष्टाको दर्शन गर्ने साथै काकंर हिडाएको र भकुण्डो खेलेको हेर्नका लागि बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु साविक कडेल गाविसको बान्नी चौरमा पुग्ने गर्दछन । राक्षसलाई माriसकेपछि सुर्मा देवीले राक्षसको पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ । 

मेला भर्नकै लागि भारतबाट घर फर्किन्छन् स्थानीय

यहाँका स्थानीयहरुको लागि यो मेला निकै नै महत्वपूर्ण हुन्छ । उनीहरु यही मेला भर्न भनेर भारतका विभिन्न ठाउँबाट घर फर्किने गर्छन् । यो वर्ष पनि मेलाका लागी केही समय अघि मात्रै भारतका विभिन्न सहरबाट धेरै मानिसहरु घर फर्किएका स्थानीयले बताएका छन् । उनीहरु क्वरेन्टीनमा नबसेरै मेला भर्न आएका स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

चैतली मेला हेर्नकै लागी भनेर सुदूरपश्चिमकाबै स्थानीयले भने भव्यरुपमा मेला साथै भारत बाट समेत दर्शालु भक्तजनहरु मेलामा पुग्ने गरेका भए पनि यस वर्ष भने बाहीर बाट कोही पनि दर्शालु भत्तजनहरु नपुगेका भए पनि गाँउपालिकाका सबनाएका छन्  ।  

जोखिममा सुदूरपश्चिम प्रदेश झनै जोखिममा बझाङ

नेपालको सबै भन्दा उच्च जोखिममा सुदूरपश्चिम प्रदेश भएको समयमा बझाङ झन यसको उच्च जोखिममा देखा परेको यहाँका जानकारहरुको भनाइ छ । देशमा लगडाउन भएको समयमा बझाङ जिल्लामा ग्रामीण बस्तीहरुमा भने यसको प्रभाव देखिएको छैन ।

जिल्लाको सदरमुकाम सुनसान भएपनि जहाँ प्रहरी, प्रशासनको पहुँच छैन त्यहाँ भने स्थानीय बासिन्दाले भिडभाड गर्ने गरेको पाइएको छ ।

जिल्लाबाहिर भारतबाट समेत यहाँका ग्रामीण बस्तीहरुमा स्थानीयहरु पुगेका र स्थानीय तहले निर्माण गरेका क्वरेन्टीनमा नबसेर अधिकांश सिधै आ आफ्नो घर गएका कारण झन जोखिममा रहेको हो ।

केही स्थानीय बासिन्दाहरु भने २/३ दिन मात्रै क्वरेन्टीननमा बसेर भागेर आफ्नो घर गएको पाइएको छ । २२ गते मात्रै बिथ्थडचिर गाँउपालिकामा ३८ जना क्वरेन्टीनबाट भागेर गएका छन् ।

यस्तै दुर्गाथली गाँउपालिकामा ३५ जना गाँउपालिकाले बनाएको क्वरेन्टीनमा नबसेर आफ्नो घरमा भागेर गएको स्वास्थ्य कार्यलयको तथ्याङ्कमा उल्लेख छ । हाल जिल्लाभरका विभिन्न क्वरेन्टीनमा भारतबाट आएका ५ जना महिला, ३१२ जना पुरुष र ५ जना बालबालिका गरेर जम्मा ३२७ जना बसेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया