फर्निचर उद्योगको निर्माणधिन भवनमा बम विस्फोट

 जेठ १३, २०७५ आइतबार ८:३:१८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुरकाे भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेको फर्निचर उद्योगमा अज्ञात समूहले बम विष्फोट गरेको छ । सन्तोष सुनारले संचालन गर्दै आउनु भएको श्री देवस्वामी तथा फर्निचर उद्योगको निर्माणाधिन भवनमा आइतबार बिहान ४ बजे अज्ञात समूहले बम विष्फोट गरेको हो । 

अज्ञात समूहले गरेको बम विष्फोटबाट निर्माणाधिन भवनको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताउनुभयो ।

विष्टका अनुसर बिना कुनै चेतावनी विष्फोट गरेकाले कसले र किन गर्यो भन्ने बारेमा खुल्न सकेको छैन । घटनाका बारेमा फर्निचर संचालकसँग सोधपुछ भइरहेको प्रहरी प्रमुख विष्टले बताउनुभयो । 

बिहान बम विष्फोट भएपछि चौकीदारले खबर गरेर आफूले घटना बारे थाहा भएको फर्निचर संचालक सन्तोष सुनारले बताउनुभएको छ ।

वार्षिक २५ हजार रुपैयाँका दरले नगर विकास समितिको ५ कठ्ठा जमिन लिज लिनु भएका सुनारले २०५८ सालदेखि फर्निचर उद्योग संचालन गर्दै आउनुभएको थियो ।   

अन्तिम अपडेट: चैत ९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया