कोरोनाका कारण राष्ट्र बैंकमाथि चुनौती थपिएको छ : गभर्नर अधिकारी

 चैत २५, २०७६ मंगलबार १९:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को कारण राष्ट्र बैंकमाथि चुनौती थपिएको बताउनुभएको छ ।

मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त गभर्नर अधिकारीले कोभिड-१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रत्यक्ष चुनौती राष्ट्र बैंकमाथि हुने बताउनुभएको हो । 

उहाँले वित्तीय क्षेत्रलाई खराब अवस्थामा जान नदिन र नागरिकको विश्वासलाई जोगाउनका लागि धेरै खालका वित्तीय उपकरणहरु प्रयोग गरिने समेत बताउनुभयो ।प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरासमक्ष मंगलबार बिहान सपथ ग्रहण गरेपछि गभर्नर अधिकारी बालुवाटारमा रहेको केन्द्रीय बैंकको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया