नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

 चैत २६, २०७६ बुधबार ६:५२:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ‘ब्रिफिङ’ गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरूबीच शारीरिक दुरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।

बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय भएको जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेताहरु सहभागी थिए ।  

मङ्गलबार बिहान ११ बजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्दै भाइरसकाे सङ्क्रमण फैलिन नदिन सबै एकजुट हुनुपर्नेमा जाेड दिनुभएकाे थियाे । 

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरसबाट नेपालमा ९ जनामा सङ्क्रमण भएकाे पुष्टि भएकाे छ, जसमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया