कालीमाटीमा केही दिन फलफुल तथा तरकारीकाे काराेबार नहुने, यी ११ ठाउँबाट बिक्री गरिने

 चैत २६, २०७६ बुधबार ७:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफुल तथा तरकारीकाे कारोबार नहुने भएको छ ।

कालीमाटी बजारमा तरकारी र फलफुल किन्न जानेको भिड लाग्ने गरेपछि काठमाण्डाैका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफुल बेच्ने निर्णय गरिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब केही समय कालीमाटीमा तरकारी तथा फलफुलकाे भण्डरण मात्र गरिने छ ।

कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि बजारबाट कारोबार नगर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकाेमा भिड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीकाे व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया