काेभिड १९ : अमेरिकामा चार लाखभन्दा धेरै सङ्क्रमित

 चैत २६, २०७६ बुधबार ८:३:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा काेराेना भाइरस (काेभिड १९) बाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अमेरिकामा चार लाख चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार आठ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये २१ हजार ६ सय ७४ जना उपचारपछि निकाे भएका छन् । 

अमेरिकापछि स्पेनमा सबैभन्दा धेरै एक लाख ४१ हजार ९ सय ४२ जना सङ्क्रमित भएकाेमा १४ हजार ४५ जनाकाे ज्यान गएकाे छ । सङ्क्रमितमध्ये ४३ हजार दुई सय आठ जना उपचारपछि निकाे भएका छन् । 

इटलीमा एक लाख ३५ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । इटलीमा अहिलेसम्म सबैभन्दा धेरै १७ हजार एक सय २७ जनाकाे ज्यान गएकाे छ । त्यस्तै सङ्क्रमितमध्ये २४ हजार तीन सय ९२ जना उपचारपछि निकाे भएका छन् । 

फ्रान्समा पनि एक लाख ९ हजार ६९ जना सङ्क्रमित भएकाेमा १० हजार तीन सय २८ जनाकाे ज्यान गएकाे छ । सङ्क्रमितमध्ये १९ हजार तीन सय ३७ जना उपचारपछि निकाे भएका छन् । 

विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे भाइरसका कारण अहिलसम्म १४ लाख ३१ हजार पाँच सय सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । विश्वभर ८२ हजार ७४ जनाकाे ज्यान गएकाे छ भने तीन लाखभन्दा धेरै निकाे भएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया