जापानमा एक महिनाका लागि आपत्काल घाेषणा

 चैत २६, २०७६ बुधबार ८:५०:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानमा काेराेना भाइरस (काेभिड १९) बाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामाे आपत्काल घाेषणा गरिएकाे छ । 

आपत्काल घाेषणा गरिएका सात प्रान्तमा राजधानी टाेकियाे पनि पर्छ । याे आपत्काल आउँदाे मे महिनाकाे ७ तारिखसम्म लागु हुनेछ । 

मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जाे अबेले आपत्कालकाे घाेषणा गरेका हुन् । एक महिने लामाे आपत्काल काेराेना भाइरसकाे सङ्क्रमण राेक्नका लागि लगाइएकाे हाे । 

मङ्गलबार जापानमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार ९ सय ६ पुगेकाे छ । याे सङ्ख्या गएकाे हप्ताकाे तुलनामा दाेब्बरले बढी हाे । 

जापानमा काेराेना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाकाे ज्यान गइसकेकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया