अमेरिकी गायक जाेन प्राइनकाे निधन

 चैत २६, २०७६ बुधबार १२:४२:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी लाेक विधाका गायक जाेन प्राइनकाे मङ्गलबार निधन भएकाे छ ।
काेराेना भाइरसकाे लक्षण देखिएपछि मार्च महिनाकाे अन्त‍्यतिर उनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।

ग्रामी अवार्ड विजेता गायक प्राइनकाे ७३ वर्षकाे उमेरमा निधन भएकाे हाे । सन् १९७० काे दशकमा अमेरिकी लाेक विधाकाे गायनमा आउनुअघि प्राइनले केही वर्ष हुलाकीकाे रुपमा काम गरेका थिए ।

उनकाे सङ्गीतमा भियतनाम युद्ध र स्वर्गलाई मध्यनजर गरेर लेखिएकाे गीत साम स्टाेन पनि सामेल छ, जसमा ठूला खानी र निगमकाे माध्यमबाट अमेरिकाकाे छाेटाे शहरकाे पतनकाे बारेमा बताइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया