गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनिकरणको काम क...
बैशाख १२, २०८१ बुधबार
रुपन्देही - कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको छ।
सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, इएनटी विभागका डाक्टर प्रकास न्यौपाने, यूरो सर्जन डाक्टर सुभाषचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।
सम्बन्धित समाचार
खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो, कोरोनाको शंका लागे यी नम्बरमा सम्पर्क गर्नुहोस् |
अस्पतालमा करार सेवामा नियुक्त भएका ती पाँचै जना डाक्टर अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित रहेको भन्दै सामाजिक विकास मन्त्रालयले दिएको निर्देशनअनुसार सेवाबाट हटाउने निर्णय गरिएकोे हो ।
सुत्केरी विदा, काजक्रिया र बिरामी बिदाबाहेक अरु विदा स्विकृत नगर्न निर्देशन दिएको सामाजिक मन्त्री सुर्दशन बरालले बताउनु भयो । मन्त्री बरालले संकटको बेला सेवामा उपस्थित नहुनेमाथी प्रादेशिक अस्पतालबाट कारबाही सुरु भएको भन्दै हाजिर नहुने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई कारबाही हुने बताउनुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।