कैलालीमा कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने व्यक्ति पक्राउ

 चैत २६, २०७६ बुधबार १५:३६:३० | रासस
unn.prixa.net

कैलाली - कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने त्यसै नगरपालिका-२ का पवनकुमार भट्टराईलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

आफ्नो फेसबुक आइडीमार्फत ‘कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका-१ ब्लक नं १० मा भेटियो’ भनेरष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारबाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया