प्रधानमन्त्री ओलीद्वारा ओमान सरकारका प्रतिनिधिसँग कुराकानी, नेपाली श्रमिकको सुरक्षामा कमी नहुने

 चैत २६, २०७६ बुधबार २१:४०:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ओमान सरकारका प्रतिनिधिसँग त्यहाँ रहेका नेपालीको बारेमा जानकारी लिनुभएको छ ।

खाडीका क्षेत्रमा कार्यरत नेपालीको अवस्था बुझ्न खाडी देशका सरकार प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले बुधबार ओमानका हिज आइनेस शैयद फहाद वीन महमुद अल सइदसँग कुराकानी गर्नुभएको ह‍ो ।

कुराकानीका क्रममा ओमान सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षा र सहयोग रहिरहने निश्चिन्त पारेको प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर ह्ण्डलमार्फत जानकारी दिनुभएको छ ।

नेपालीहरु इमान्दार र परिश्रमीको रुपमा ओमानको विश्वास जितेको जानकारी पाएको भन्दै प्रधानमन्त्री ओलीले खुसी पनि व्यक्त गर्नुभएको छ ।

कोरोना भाइरसका कारण खाडीमा कार्यरत नेपाली श्रमिकको अवस्थाबारे चासो राख्दै यसअघि प्रधानमन्त्री ओलीले बहराइन, कुवेत र यूएई सरकारका प्रतिनिधिसँग कुराकानी गर्नुभएको थियो । यी देशले यो अप्ठेरो परिस्थितीमा नेपालीको सुरक्षा र उपचारमा कमी हुन नदिने बताएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया