काेभिड १९ : ज्यान गुमाउनेकाे सङ्ख्या इटलीपछि अमेरिकामा धेरै

 चैत २७, २०७६ बिहिबार ११:३५:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) का कारण इटलीपछि अमेरिकामा धेरै मानिसको ज्यान गएको छ ।

सङ्क्रमितका हिसाबले पहिलो नम्बरमा रहेको अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेकाे छ । अमेरिकामा अहिलेसम्म १४ हजार सात सय ९५ जनाको ज्यान गएको छ ।

इटालीमा अहिलेसम्म सबैभन्दा धेरै साढे १७ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै स्पेनमा १४ हजार सात ९२ जनाको ज्यान गएको छ ।

अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै चार लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने अमेरिकापछि स्पेनमा एक लाख ४८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा पानी जहाजमा फैलिएको कोरोनाका कारण १५ लाख १८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । जसमध्ये तीन लाख ३० हजार पाँच सय ८९ जना उपचारपछि निको भएका छन् । १० लाख ९९ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ भने ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया