'मिस इङ्गल्याण्ड'को ताज बिसाएर काेराेना सङ्क्रमितकाे सेवामा

 चैत २७, २०७६ बिहिबार १२:४८:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – सन् २०१९ की मिस इङ्गल्याण्ड भाषा मुखर्जी आफ्नो पुरानो पेसा (चिकित्सा) मा फर्किएकी छिन् ।

सन् २०१९ को अगस्टमा मिस इङ्गल्याण्ड बनेकी मुखर्जीले त्यसपछि डाक्टरी पेसा छाडेर विश्वका विभिन्न देशका गएर मानवीय काममा सहभागी हुँदै आएकी थिइन् । 

तर अहिले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेपछि उनले अस्पताल फर्कने निर्णय गरेकी समाचार संस्था केवल न्युज नेटवर्क (सीएनएन) ले जनाएको छ । 

सीएनएनसँगको अन्तरवार्तामा उनले मिस इङ्गल्याण्ड हुनुअघि काम गरिरहेको बोल्टनको पिलग्रिम हस्पिटलमा काममा फर्कन लागेको जनाएकी हुन् । उनी श्वासप्रश्वाससम्बन्धी रोगकी विशेषज्ञ हुन् । 

भाषाले फक्स न्युजसँग भनिन्, ‘यो एक कठिन निर्णय थिएन । म अफ्रिका, टर्की गएको छु र भारतमा मेरो एसियाली देशमध्ये पहिलो यात्रा थियो । भारतपछि अरु देशकोपनि यात्रा गर्नुपर्ने थियो तर कोरोना भाइरसका कारण यात्रा बीचमै छोड्न पर्यो । अहिले मेरो सबैभन्दा राम्रो ठाउँ अस्पताल हो ।’ 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया