अत्यावश्यक सामान भन्दै रक्सी ढुवानी गर्ने गाडी कारबाहीमा

 चैत २७, २०७६ बिहिबार १५:२२:३६ | रासस
unn.prixa.net

मकवानपुर -  जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनी सूचना टाँसेर रक्सी ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर रक्सी बरामद गरेको छ  ।

प्रहरीका अनुसार बरामद भएको रक्सी जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ । लकडाउनको समयमा प्रहरी प्रशासनले अति आवश्यक सवारी बाहेक सञ्चालनमा रोक लगाएकाले एउटा अटोले दूग्ध दुवानी सेवाको ब्यानर राखेर रक्सी ओसार्ने क्रममा प्रहरीले बरामद गरेको थियो । 

त्यसैगरी स्कुटरबाट झन्डै ४० लिटर रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया