वालिङ नगरपालिकाले टेलिभिजनमार्फत एसईई लक्षित कक्षा सञ्चालन गर्ने

 चैत २७, २०७६ बिहिबार १५:४९:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा -

परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले पढेका कुराहरु बिर्सन सक्ने भन्दै नगरपालिकाले पुनर्ताजकीका लागि बिहीबार साँझ ६ बजेदेखि वालिङ टेलिभिजन एचडी मार्फत पढाउन लागिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । 

कोभिड १९ को संक्रमण रोकथामको लागि नेपालमा गरिएको लकडाउन लम्बिँदै गएपछि नगरले विद्यार्थीहरुको पढाइमा कुनै असर नपारोस् भनेर कक्षा सञ्चालन गर्न लागिएको उहाँको भनाइ थियो ।

पहिलो पटक सुरु गर्न लागिएको विशेष कक्षाले आगामी दिनमा समेत स्मार्ट तरीकाबाट पढाउन थप सहयोग पुग्ने नगरप्रमुख खाँणको विश्वास छ । आज साँझदेखि सञ्चालन हुने कक्षामा गणित, अंग्रेजी र विज्ञान विषयको पढाइ हुनेछ ।

विद्यार्थीहरुले सजिलै कक्षामा सहभागिता जनाउन र आफ्नो प्रश्न राख्नसक्ने व्यवस्था मिलाइएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया