कोरोनाको आशंकामा बिहीबारसम्म नेपालमा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण

 चैत २७, २०७६ बिहिबार १७:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोनाको आशंकामा २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौ उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयलले अहिले १९३ वटा नमुना परीक्षण भइरहेको पनि जनाएको छ ।

यस्तै, अहिले देशभर ७ हजार ९ सय ४० जना क्वरेन्टीनमा रहेका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । यसैगरी अहिले देशभर ११७ जनाको कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

यसैबीच मन्त्रालयले क्वरेन्टीनमा बसेका र १४ दिनसम्म कोरोना नदेखिएकाहरुलाई घरमा नै फेरि एक हप्ता एकान्तबासमा बस्न आग्रह गरेको छ । घरमा एक हप्ता एकान्तबासमा बसे/नबसेको सम्बान्धित पालिकाले अनुगमन गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले आजदेखि सांकेतिक भाषाबाट पनि कोरोनाको रोकथाम र नियन्त्रणबारे सरकारले गरिरहेको कामबारे जानकारी दिन थालेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया