फिफा वरीयतामा नेपालको स्थान यथावत

 चैत २७, २०७६ बिहिबार २०:४५:५८ | रासस
unn.prixa.net

काठमाण्डौ - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औं स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गएको महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औं स्थानमा छ भने बङ्गलादेश १८७औं स्थानमा छ । त्यसैगरी पाकिस्तान २००औं स्थानमा रहँदा श्रीलङ्का २०६औं स्थानमा रहेको छ । 

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया