भारतको मध्य प्रदेशमा कोभिड–१९ का कारण एक डाक्टरको मृत्यु

 चैत २७, २०७६ बिहिबार १९:४१:७ | एजेन्सी
unn.prixa.net

भारतको मध्य प्रदेशमा कोभिड–१९ का कारण एकजना डाक्टरको मृत्यु भएको छ ।

६२ वर्षका डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । बीबीसी हिन्दीका अनुसार डाक्टर पञ्जवानीको बिहान मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण डाक्टरको ज्यान गएको यो पहिलोपटक हो ।

भारतमा अहिलेसम्म ६ हजार २ सय ३७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने १८६ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया