काेभिड १९ : १६ लाखभन्दा धेरै सङ्क्रमित, ३ लाख ५५ उपचारपछि निकाे भए

 चैत २८, २०७६ शुक्रबार ७:३९:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट विश्वभर १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । 

विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना फैलिँदा १६ लाख दुई हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये यो समाचार तयार पर्दासम्म तीन लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै सङ्क्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेकाे छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको ज्यान गएसँगै अहिलेसम्म साढे १६ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

अमेरिकापछि स्पेनमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा कोरोना सङ्क्रमणका कारण १२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।

यसैगरी गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ४८ जनाको ज्यान गएसँगै भारतमा दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया