लकडाउन उल्लङ्घन : काठमाण्डाै उपत्यकामा शुक्रबार बिहानै पाँच सयभन्दा धेरै कारबाहीमा

 चैत २८, २०७६ शुक्रबार ७:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा शुक्रबार बिहानै पाँच सयभन्दा धेरै कारबाहीमा परेका छन् । 

काेराेना भाइरस (काेभिड १९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले घाेषणा गरेकाे 'लकडाउन'काे उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले 'होल्ड' गरेको हो ।

लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेकाे गरेको हो ।

आउँदाे वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घाेषणा गरेकाे हाे । लकडाउनकाे विकल्प नभएकाेले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया