अमेरिकी डलरकाे भाउ घट्याे

 चैत २८, २०७६ शुक्रबार ७:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारकाे भन्दा १४ पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरकाे बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।

यस्तै बिहीबार अमेरिकी १ डलरकाे खरिद दर एक सय २१ रुपैयाँ ७६ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया