हेटौँडाको प्रयोगशालामा ७० जनाको नमुना परीक्षण, सबै रिपोर्ट 'नेगेटिभ'

 चैत २८, २०७६ शुक्रबार ११:१२:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुर जिल्लाको हेटौँडामा हालै सञ्चालन गरिएको प्रयोगशालामा हालसम्म ७० जनाको नमुना परीक्षण गरिएको छ ।

सबै परीक्षणको रिपोर्ट नेगेभिट आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुबेदीले बताउनुभयो ।

हेटौंडाको प्रयोगशालामा प्रदेश २ का बारा र पर्सा जिल्ला तथा बागमती प्रदेशका सिन्धुलीलगायतका जिल्लाबाट कोरोना आशंका लागेका व्यक्तिको नमुना परीक्षण गर्ने गरिएको छ ।

हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएकामध्ये २० प्रतिशतको नमुना काठमाण्डौको प्रयोगशालामा पुनः परीक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता सुबेदीले बताउनुभयो ।

प्रयोगशालामा नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया