नेपाल एअरलाइन्स जापान र चीन जाँदै, लण्डनबाट टाइटन एअर आउँदै

 चैत २८, २०७६ शुक्रबार ११:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार चार वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ ।

विमानस्थल कार्यालयका अनुसार बेलायतले आफ्ना नागरिक घर फर्काउन टाइटन एअरको जहाज चाटर्ड गरेको छ । जहाज मध्यान्ह १२ बजे काठमाण्डौं आइपुग्ने कार्यालयले जनाएको छ । बेलायतले योसहित दोस्रो विमान चार्टर्ड गरेर नागरिक घर फर्काएको छ भने आउँदो हप्ता थप नागरिक घर फर्काउने जनाएको छ ।

यस्तै आजै कोरियन नागरिक लैजान कोरियन एअरको जहाज पनि नेपाल आउँदैछ । यो जहाज पौने ४ बजे आइपुग्नेछ ।

नेपाल एअरलाइन्सले शुक्रबार दुई वटा चार्टर्ड उडान गर्दैछ । एउटा वाइडबडी जहाज जापानी नागरिक बोकेर नारिता जाँदैछ भने अर्को वाइडबडी औषधि र मेडिकल सामग्री लिन चीनको ग्वान्झाउ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया