यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले सेवामा नरहेका, अवकाशप्राप्त र छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना भाइरसको उपचारमा खटिन आह्वान गरेको छ ।
आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले विपद्को यो घडीमा डाक्टर र स्वास्थ्यकर्मीको भूमिका मुख्य हुने भन्दै अवकाशप्राप्त र छात्रवृत्तिमा पढेकालाई बिरामीको उपचारमा खटिन आह्वान गरेको हो ।
खाडी र मलेसियाको कोरोना अपडेट : शुक्रबारसम्ममा सङ्क्रमित सङ्ख्या १५ हजार नाघ्यो, नेपालीको सङ्ख्या ३९ |
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कट्टी हुने हल्ला सत्य नरहेको बताउनुभयो ।
उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब कटौती गर्ने कुनै निर्णय नभएकाले उच्च मनोवलका साथ कोरोनालाई परास्त गर्न लागि पर्न आग्रह गर्नुभयो ।