नेपालमा कोरोना सङ्क्रमितको संख्या ९ नै हो, बढेको छैन : मन्त्रालय

 चैत २८, २०७६ शुक्रबार १८:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको संख्या नौ नै रहेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।  

तीमध्ये एक जनाको उपचार पछि डिस्चार्ज भइसकेको छ भने ८ जनाको उपचार भइरहेको छ । काठमाण्डौमा दुई, बाग्लुंगमा दुई, सेती अञ्चल अस्पतामा चार जनाको उपचार भइरहेको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराउनु भएको हो ।

आजदेखि प्रदेश नम्बर १ को विराटनगरबाट पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

योसँगै देशभर अब ११ ठाउँबाट कोरोनाको परीक्षण सुरु भएको छ । नेपालमा कोरोनाको आशंकामा ३ हजार ५ सय २४ जनाको परीक्षण भएको छ ।

 आज मात्रै ६ सय ३० जनाको परीक्षण भएको छ । काठमाण्डौमा ४०१, काठमाण्डौबाहिर २२९ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Su Rya Pau Del

    April 10, 2020, 8:47 p.m.

    कोरोना संक्रमित निको भएर डिस्चार्ज् हुन कति समय लाग्छ?

  •  0 Reply

तपाईको प्रतिक्रिया