फोटोमा सुनसान काठमाण्डौ

 चैत २८, २०७६ शुक्रबार १९:३६:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ - काठमाण्डौ उपत्यका सुनसान बनेको १८ दिन भैसकेको छ ।

सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि शहरमा सबैजसो घरभित्रै छन् । लकडाउनका कारण गाडी र कलकारखाना पनि चलेका छैनन् । धुँवाधुलो, फोहोर नहुँदा वातावरण पनि सफा भएको छ । धुँवाधुलो घटेको र चिल्ला सडक मात्रै देखिन्छ ।

अरु बेला खचाखच हुने व्यस्त सडकका पुल पनि खाली नै छन् । सडकमा अत्यावश्यक सेवाका गाडीहरु एम्बुलेन्स, दुध र पानी बोक्ने, प्रेस तथा सुरक्षाकर्मीका गाडी मात्रै फाट्टफुट्ट गुडेका छन् ।

सुनसान सडक र गल्लीमा सुरक्षाकर्मी मात्रै छन् । अस्पतालमा अरु बेला जस्तो बिरामीको भिडभाड छैन । पर्यटकिय क्षेत्र पनि उस्तै सुनसान छन् । बैंक तथा वित्तिय संस्थामा पनि कुनै चहलपहल छैन । हेर्नुस् १० फोटोमा:

 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया