दुबई प्रहरीसँग सहकार्य गर्दै नेपाली समुदायको विवरण संकलन गर्न थालियो

 चैत २८, २०७६ शुक्रबार १९:३६:५० | उमाकान्त पाण्डे

यूएई – शुक्रबारदेखि दुबईमा रहेका नेपालीको अवस्थासहितको विवरण संकलन गर्न थालिएको छ । गैरआवसीय नेपाली संघ एनआरएन यूएईका उपाध्यक्ष पाशाङ शेर्पाको नेतृत्वमा दुबई क्षेत्रमा रहेका नेपालीको विवरण संकलन सुरु गरिएको हो ।

टोलीले त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको, दुबईले जारी गरेको सुरक्षा सतर्कता अपनाए नअपनाएकोबारे, औषधी उपचार पाए नपाएको लगायतका विवरण संकलन गरिरहेको छ ।

नेपालीहरु बस्दै आएका भवन नम्बरसहित पूर्ण विवरण संकलन गर्ने र दैनिक दुबई प्रहरीलाई प्रतिवेदन दिने उपाध्यक्ष पाशाङ शेर्पाले बताउनुभयो । टोलीमा एनआरएनए यूएईसँगै नेपाल आदिवासी जनजाति महासंघ ,नेपाल मगर संघ,शेर्पा किदुङका प्रतिनिधिहरु खटिएका छन् ।

आफैं सुरक्षित भएर कसरी काम गर्ने भन्नेबारे स्थानीय प्रसाशनले सामान्य प्रशिक्षण दिएपछि टोलीले शुक्रबार बिहानैदेखि काम थालेको हो ।

टोलीले कोही नेपाली गम्भीर समस्यामा परेको भए दुबई प्रहरीबाट सहयोगी नम्बर उपलब्ध गराएको भन्दै कोरोनाका कारण समस्या भए दुबईमा रहेकानेपालीले ०५२३८२४८३५ नम्बरमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया