सिप्रदीद्वारा एक सयभन्दा बढी अत्यावश्यक क्षेत्रका गाडीलाई सेवा प्रदान

 चैत २९, २०७६ शनिबार ७:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले  लडाउनको अवस्थामा स्वास्थ्य, सुरक्षा लगायतका अत्यावश्यक गाडीलाई आकस्मिक मर्मत सेवा दिइहेको छ ।

अहिलेसम्म एक सयभन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका गाडीहरुलाई  आकस्मिक सेवा दिइसकेको कम्पनीले जनाएको छ ।

यस्तै आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहेको भन्दै सिप्रदीले आपतकालीन अवस्थामा पनि १ सय ६० वटाभन्दा बढी गाडीहरुलाई पूर्ण सेवा दिएको बताएको छ ।


सरकारले जारी गरेका नियम पालना गरी आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा आवश्यक सेवा दिन तयार रहेको प्रतिवद्धता समेत सिप्रदीले व्यक्त गरेको छ ।

 


गाडीसम्बन्धी कुनै पनि सहयोग चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा फोन गर्न सकिन्छ । विभिन्न ठाउँमा सिप्रदीका २५ वटा सर्भिस सेन्टरहरुबाट अपत्कालिन सेवा लिन सकिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।


थप जानकारीका लागि यो लिंकमा थिच्नुहोला ।

http://www.sipradi.com.np/news/contact-details-service

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया