रत्नपार्कदेखि गोदावरीसम्म सिधै गाडी चल्न थाल्यो

 जेठ १३, २०७५ आइतबार ८:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आजदेखि काठमाडौंको रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधा गाडी चल्न थालेको छ । यसअघि रत्नपार्कदेखि गोदावरीसम्मको रुट पर्मिट लिए पनि लगनखेल वा सातदोबाटोसम्म मात्र चलाएका ७० व्यवसायीले आजदेखि रत्नपार्कसम्म नै गाडी चलाउन थालेका हुन् । 

अनुगमनको क्रममा रुटपर्मिट लिए पनि आधा बाटोसम्म मात्रै गाडी चलाएको भेटिएपछि कडाई गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताउनुभयो । १७ वर्षदेखि लगनखेल हुँदै गोदावरी जाने गाडीमा कायम भएको सिन्डीकेट अन्त्य भएको भन्दै उहाँले रुटपरमिट अनुसार गाडी नचलाएको भेटिए ५ हजार रुपैयाँ जरिवाना तिराइने पनि स्पष्ट पार्नुभयो ।

यस्तै, सिट क्षमता भन्दा धेरै यात्रु राखेको पाइए पनि कारवार्ही गर्ने उहाँको भनाई छ । रत्नपार्कदेखि गोदावरीसम्मको भाडादर ३५ रुपैयाँ तोकिएको पनि प्रहरी प्रमुख हाछेथुले जानकारी दिनुभयो । रुटपर्मिट कार्यान्वयन नहुँदा यात्रुले लगनखेलमा पुगेर अर्को गाडी चढ्नुपर्ने बाध्यता थियो । अब यात्रुलाई सहज हुने भएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया