गर्मी अझै बढ्ने

 जेठ १३, २०७५ आइतबार ८:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पानी नपरेपछि गर्मी बढ्दै गएको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । 

केही ठाउँमा फाट्टफुट्ट पानी परेपनि ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । शनिबार धेरै ठाउँको तापक्रम यसवर्षकै उच्च पुगेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखाका अनुसार शनिबार नेपालगन्जको तापक्रम तीन डिग्री बढेर ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै धनगढीको ४१ दशमलव २ डिग्री र काठमाडौंको ३१ दशमलव ५ डिग्री पुगेको छ । अरु ठाउँको पनि तापक्रम बढ्दै गएको महाशाखाले जनाएको छ । 

आज धेरै ठाउँको मौसम बदली हुने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बेलुकीपख केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया