काेभिड १९ : चार लाख ४४ हजारभन्दा धेरै निकाे भए

 बैशाख २, २०७७ मंगलबार ७:१:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे कारण १९ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । 

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे सङ्क्रमणबाट १९ लाख २४ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् । सङ्क्रमितमध्ये चार लाख ४४ हजार आठ सयभन्दा धेरै उपचारपछि निकाे भएका छन् । त्यस्तै एक लाख १९ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै २३ हजार ६ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । गएकाे २४ घण्टामा ६ सय ७१ जनाकाे ज्यान गएपछि न्युयाेर्कमा मात्रै ज्यान गुमाउनेकाे सङ्ख्या १० हजारभन्दा धेरै भएकाे गभर्नर एण्ड्रयु केओमाेले पुष्टि गरेका छन् । अमेरिकामा पाँच लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण भएकाे छ ।

यस्तै इटलीमा २० हजारभन्दा धेरै, स्पेनमा १७ हजार सात सयभन्दा धेरै, फ्रान्समा १४ हजार ९ सयभन्दा धेरै र बेलायतमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार तीन सय सातभन्दा धेरैकाे ज्यान गएकाे छ । ६९ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । जसमध्ये भारतमा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेकाे छ भने तीन सय ५० भन्दा धेरैकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया