फुटबल क्लबलाई दिए सापकोटा दम्पतीले एम्बुलेन्स

 साउन १३, २०७५ आइतबार ८:५४:३६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माइभ्याली फुटबल क्लबलाई सुर्योदय नगरपालिका पञ्चकन्याका तारा सापकोटा र रोजु सापकोटाले एम्बुलेन्स उपलब्ध गराउनुभएको छ । 

सापकोटा दम्पत्तिले एम्बुलेन्स खरिद गरि क्लबलाई निशुल्क उपलब्ध गराएको माइभ्याली फुटबल क्लबका  अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनुभयो ।
 
इलाममा शव वाहनको आवश्यकता धेरै रहेकाले एम्बुलेन्सलाई शव वाहनका रुपमा सञ्चालन गर्ने अध्यक्ष चेम्जोङ्गले बताउनुभयो । यसका लागि आवश्यक प्रकृयाहरु सुरु गरीसकेको समेत उहाँले जानकारी दिनुभयो ।

उहाँहरुले इलाममा बर्सेनि सञ्चालन हुने माइभ्याली गोल्डकप फुटबलमा प्रथम पुरस्कार प्रायोजन गर्दै आउनुभएको छ । व्यापारी समेत रहेका समाजसेवी सापकोटा दम्पत्तीले ब्यापारको आम्दानीबाट विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया