दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख रुपैयाँ जरिबाना

 बैशाख ४, २०७७ बिहिबार २०:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाही स्वरुप जरिबाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबारै इमाडोलमा रहेको दीपशिखा स्टोर्सलाई पनि पचास हजार रुपैयाँ जरिवाना गराइएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिनुभयो । 

विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलामा रहेको बुद्धबजार प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया