च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
भक्तपुर - भक्तपुरका मस्जिदमा रहेकाहरुको कोरोना भाइरस (काेभिड १९) परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा रहेका तीन वटा मस्जिद र एक मदरसामा रहेका आठ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो ।
भक्तपुर प्रहरीको समन्वयमा भक्तपुर अस्पतालको उद्धार टोलीले उनीहरुलाई मस्जिदबाट अस्पताल ल्याएर कोरोना परीक्षण गरिएको हो । अस्पतालमा द्रूत विधि (आरडीटी) बाट उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।
नगरपालिकाको हनुमानघाटमा रहेको जामे मस्जिदमा रहेका ६ जना र बोडेको जनीउपर मासअल्लाह मस्जिद तथा जरै अरकम मदरसामा रहेका दुई जना गरी आठ जनाको कोरोना जाँच गरिएका हो ।
दिल्लीमा भएको एक धार्मिक सभामा सहभागी गएका मुस्लिम समुदायमा कोरोना देखिएपछि निश्चिन्त हुन भक्तपुर प्रशासनले भक्तपुरभित्र रहेका मस्जिदमा आश्रय लिएर बसिरहेकाहरुको परीक्षण गरेको हो ।
भक्तपुर अस्पतालले आरडीटी र पीसीआर गरी अहिलेसम्म चार सय जनाको परीक्षण गरिसकेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । १० जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।