कोरोना सङ्क्रमण उपचारपछि निको हुन्छ, भेदभाव नगरौँ : स्वास्थ्य मन्त्रालय

 बैशाख ७, २०७७ आइतबार १६:४१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरसको सङ्क्रमण उपचार पछि निको हुने भएकाले भेदभाव नगर्न आग्रह गरेको छ ।

कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न र उनीहरुलाई हौसला दिने काम गर्न स्वास्थ्य मन्त्रालयले आइतबार आग्रह गरेको छ । कोरोना रोकथाम गर्न समुदाय र व्यक्तिको ठूलो भूमिका रहने भएकाले आवश्यक दूरी कायम गरी आत्मबल बढाउन सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले भौतिक दूरी कायम गरी पारिवारिक मेलमिलाप, सद्भाव, र खानपानमा भने दूरी घटाउन आग्रह गरेको छ । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया