गुल्मीमा आगलागी हुँदा १६ वर्षीय बालकको ज्यान गयो

 बैशाख ८, २०७७ सोमबार १५:४०:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको शान्तिपुरमा आगलागी हुँदा १६ वर्षीय समीर खनालको ज्यान गएको छ ।

गुल्मीको चन्द्रकोट-४ शान्तिपुर व्यापार गर्दै आउनुभएका बाग्लुङ वरेङ्ग गाउँपालिका-३ का वडाध्यक्ष पूर्ण खनालको घरमा आगलागी भएको हो । आगलागीबाट उहाँको पसल र घरमा क्षति भएको छ ।

आगलागीमा परेर पूर्ण खनाल र रुपा खनालसहित ३ जना घाइते भएका प्रहरीले जनाएकोे छ। घाइतेको उपचारका लागि पाल्पा पठाइएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय शान्तिपुरको टोलिले आगो नियन्त्रणमा लिएको  हो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया