आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै
बैशाख १२, २०८१ बुधबार
बलिउड अभिनेतृ श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरको डेब्यु फिल्म ‘धडक’ बक्स अफिसमा सफल सावित भइसकेको छ ।
जान्हवी कपूरको यस फिल्मले प्रदर्शनको ८ दिन नपुग्दै ५० करोड भन्दा बढीको व्यापार गर्दै सन् २०१८ मा सर्वाधिक व्यापार गर्ने फिल्महरु मध्यको एक बन्न सफल भइसकेको छ ।
फिल्म ‘धडक’ निर्माता करण जोहरले निर्माण गरेका हुन भने यस फिल्मको निर्देशन शशांक खेतानले गरेका हुन ।
यस अघि श्रीदेवी र बोनी कपूरकी छोरी भनेर चिनिने जान्हवी कपूरले पहिलो फिल्मबाटै अभिनयका बलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।
पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेकी जान्हवी कपूर अब उनकी बहिनी खुशी कपूरलाई पनि बलिउडमा ल्याउन प्रयासमा छिन् ।
यस कुराको प्रमाण स्वयम् जान्हवी र खुशी कपूरले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरहरु हुन । सार्वजनिक भएका तस्विरमा जान्हवी उनकी बहिनीलाई जीममा तालिम गराई रहेकी देखिन्छीन ।
फोटोमा जान्हवी बहिनी खुशीलाई कसरत गराएर फिट बनाउदै गरेकी देखिन्छिन् ।
पछिल्लो केही दिन यता श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि अब छिट्टै बलिउड डेब्यूको तयारी गरिरहेको खबर भारतिय मिडियाले प्रकाशित गरिरहेका छन् ।
खबरहरुका अनुसार खुशी कपूरलाई मोडलिङ अफरहरु पनि आइरहेका छन् । तर उनले कुनै पनि अफरहरु स्वीकारेकी छैनन् ।
खुशीले मोडलिङ स्वीकार नगर्नुको कारण बलिउड नै रहेको छ । खुशी कपूर मोडलिङमा आफ्नो करियर बनाउन चाहन्थीन तर अब भने उनको मन बदलिएको छ ।
खुशी अब मोडलिङ नभइ बलिउडमा आफ्नो करियर बनाउन चाहन्छिन् ।
तर खुशी कपूरले कुन निर्देशकका साथमा कहिले बलिउड डेब्यू गर्दैछिन भन्ने कुरा भने अहिले टुंगो लागिसकेको छैन ।